नेभिगेशन
अर्थ विविध

नेपाल विजनेस समिटको १९ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं–नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा भएको नेपाल विजनेस समिट, २०८०ले १९बुँदे घोषणापत्र  सार्वजनिक गरेको छ ।

बैंशाख २४ गते भएको समिट बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्ष्टिच्यूट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा आयोजना भएको थियो ।

समिटले उत्पादनमा वृद्धि र रोजगारीमा सृष्टि भन्ने मूल मर्मसहित प्रचुर संभावना बोकेका लगानीका क्षेत्रहरु–कृषि,     उर्जा, निर्माण, उत्पादन, पर्यटन, वन पैदावार, खनिज तत्वको उत्सर्गन, प्रविधि, गार्मेन्ट उद्योग जस्ता क्षेत्रहरुमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन सरलीकृत एवं आकर्षित नीतिको व्यवस्थासहित राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय मञ्चमा आवश्यक पहल गर्ने निर्णय गरेको छ । नियन्त्रणमुखी नीतिलाई सुधार गर्दै उदार एवं आम उद्योग व्यवसायमैत्री नीति निर्माणमा तत्काल ठोस पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने ठोस नीतिसहित उच्च शिक्षाका लागि विदेशिने (विदेश नै बस्ने) युवा जनशक्ति तथा ठूलो धनराशी देशभित्र रोक्न, विदेशी विद्यार्थीहरुलाई आकिर्षत गर्दै राष्ट्रलाई शैक्षिक हवकोरुपमा विकास गर्न आवश्यक नीतिगत व्यवस्थासहित अन्तराष्ट्रियस्तरका शैक्षिक संस्था स्थापनाका लागि पहल गर्ने जनाइएको छ ।

यस्तै, कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिककरणसहितको प्रवद्र्धनका लागि भण्डारण एवं बजारको व्यवस्थापन र कृषि प्रशोधन केन्द्रहरुको स्थापना गर्ने भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध