माधव नेपालले गृहमन्त्रीलाई भने– खुट्टा नकमाउनू

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भ्रष्टाचारका फाइलहरू खोलिन थालेको बताए । उनले नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्ने देखिएको पनि बताए  ।

‘नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ ? मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन्’, उनले भने ।

उनले भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्