पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालत परिसरबाट पक्राउ

मंगलबार, वैशाख २६, २०८०

काठमाडौं–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इस्लामबाद उच्च अदालत बाहिर मंगलबार उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । 

इस्लामबादका आइजीले अलकादिर ट्रस्ट मुद्दामा उनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । यससँगै इस्लामबाद प्रहरीले धारा १४४ जारी गरेको छ । यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ । 

आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

पीटीआईले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट अपहरण गरेको आरोप लगाएको छ । पार्टीका नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिएको र वकिल र सर्वसाधारणलाई यातना दिएको दाबी गरेका छन् ।

 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्