सहिद स्मारक ‘ए’ डिभिजन लिग : रोमाञ्चक खेलमा चर्चको जित, हिमालयनले सातदोबाटोलाई हरायो

बुधबार, वैशाख २०, २०८०

काठमाडौं– खेलको अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले चर्च ब्वाइज युनाइटेडसँग २–१ को हार बेहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १४औँ मिनेटमा बेन क्वेन्सले गरेको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो । 

७ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काएका थिए । फ्रेन्ड्सका ‘स्कोरर’समेत रहेका क्वेन्सले १ यार्ड बक्सभित्र रञ्जित पान्द्रेलाई तानेर लडाएपछि चर्चले पेनाल्टी पाएको थियो । जसमा अञ्जनले कुनै गल्ती गरेनन् । खेलको इन्जुरी समयमा आशीष चौलागाईंले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै १४ खेलबाट २४ अंक जोडेको चर्च ब्वाइज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा झरेको छ ।

लिगमा  अर्को खेलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबविरुद्ध १–० को जित निकाल्दै रेलिगेसन क्षेत्रबाट उक्लिएको छ । 

च्यासल रंगशालामा खमिर गिल्सेन कन्दन्वाले ६५औँ गरेको गोल निर्णायक बन्दा हिमालयन शेर्पा रेलिगेसन क्षेत्रबाट उक्लियो ।

जितसँगै १४ खेलबाट १७ अंक जोडेको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ खेलबाट २२ अंक जोडेको सातदोबाटो युथ क्लब चौथो स्थानमा झरेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्