नेभिगेशन
समाज विविध

नेपालको ऐतिहासिक जितमा प्रधानमन्त्रीले दिए बधाइ

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन् ।

यूएईविरुद्ध शानदार जित निकालेकोमा प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई शुभकामना तथा बधाइ दिँदै दिएका हुन् ।

एसिया कपमा छनोट हुनु ठूलो सफलता भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा भने, ‘एसीसी प्रिमियर कप क्रिकेटको  कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।’

प्रधानमन्त्रीले विजेता खेलाडीहरूलाई सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध