गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान, २१ वैशाखमा मुख्यमन्त्रीले विश्वासको मत लिने

आइतबार, वैशाख १७, २०८०

पोखरा–गण्डकी प्रदेशसभाको अधिवेशन २१ वैशाखका लागि आह्वान भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा भवन नदीपुरमा २१ वैशाख दिउँसो २ बजे बैठक सुरू हुनेछ । सोही बैठकमा नवनियुुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । 

१४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गर्नुका साथै २ जना मन्त्री नियुक्त गरेका छन् । पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । सोही आधारमा प्रदेश प्रमुख गुरुङले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।


 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्