सहिद स्मारक ‘ए’ डिभिजन : संकटा र जावलाखेलको खेल बराबरी

आइतबार, वैशाख १७, २०८०

काठमाडौं–सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत वर्षाका कारण शनिबार स्थगित भएको संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल आइतबार एन्फा कम्प्लेक्समा भएको छ ।

शनिबार च्यासल रंगशालामा दोस्रो हाफसम्म चलेको खेल भारी वर्षाका कारण ५५ मिनेटमा रोकिएको थियो । सोही समयबाट बाँकी खेल आइतबार एन्फा कम्प्लेक्समा भएको हो ।

शनिबार च्यासल रंगशालामा फोडे फोफानले ३३औं मिनेटमा गरेको गोलसँगै जावलाखेल १–० ले अगाडि थियो । तर, आइतबार एन्फा कम्प्लेक्समा निशान खड्काले ७२औं मिनेटमा गोल गर्दै संकटालाई हारबाट जोगाए ।

बराबरीसँगै १३ खेलबाट २४ अंक जोडेको जावलाखेलले शीर्ष स्थानमा अंक दूरी लम्ब्याउने मौका गुमाएको छ । थ्री स्टारको १३ खेलबाट २२ अंक छ । समान खेलबाट १६ अंक जोडेको संकटा नवौं स्थानमा उक्लिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्