बाजुरा केन्द्रविन्दु भएर गएराति २ पटक भूकम्प

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ– बाजुरा केन्द्रविन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ ।

राति ११ः५८ बजे पहिलो भूकम्प गएको हो । सो भूकम्प ४.९ म्याग्निच्युडको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै, मध्यराति १ः३० बजे पनि अर्को भूकम्प गएको थियो । सो भूकम्प ५.९ म्याग्निच्युडको रहेको बताइएको छ ।

दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा रहेको थियो ।

राति दुईपटक भूकम्प गएपछि बाजुराबासी घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको बताइएको छ ।

भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ । 

पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रवेशमा भूकम्पका धक्का महसुस भइरहेको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्