युक्रनेलाई नाटोको बृहत् सैन्य सहयोग

बिहीबार, वैशाख १४, २०८०

ब्रसेल्स– उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् । 

नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तबन्द गाडी र दुई सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ ।

अघिल्लो वर्षको फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो । 

आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नाटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ९८ प्रतिशत सैन्य सहायता नाटोबाट प्रदान गरिएको बताए ।

युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियारले सुसज्जित गरिएको जानकारी पनि उनले दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्