Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविले पाए निर्वाचित भएको प्रमाणपत्र

मंगलबार, वैशाख १२, २०८०

चितवन–चितवन–२ मा भएको उपनिर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेलाई मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले मंगलबार दिउँसो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतले पराजित गरे। श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मात्र १० हजार ९ सय ३६ प्राप्त गरे । 

रविले अघिल्लो पटकको निर्वाचन भन्दा झण्डै ५ हजार मत बढि ल्याएका छन् । उनले त्यतिबेला ४९ हजार ३०० मत ल्याएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्