Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा वैशाख १४ सम्म नयाँ सरकार गठन गर्न आह्वान

मंगलबार, वैशाख १२, २०८०

पोखरा– गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए पछि नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरिएको हो । उक्त उपधारा अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरूङले आह्वान गरेका छन् । एमाले नेतृत्वको अधिकारी सरकार पनि यही धाराअनुसार गठन भएको थियो । 

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ । प्रदेश सभामा नेपाली कांग्रेसको २७, माओवादी केन्द्रको ७, एमालेको २२, एकीकृत समाजवादीको एक, राप्रपाको २ सांसद छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्