Nic Ad Nic Ad
Nic Ad Nic Ad

जितपछि स्वर्णिमको पहिलो प्रतिक्रिया –यो मत देशको मुहार फेर्नका लागि हो

मंगलबार, वैशाख १२, २०८०

काठमाडौं –तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् । निर्वाचित घोषणा भएपछि मतदातालाई वाग्ले सामाजिक सञ्जालबाट धन्यवाद दिँदै आफूलाई पाएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् ।

‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु । र, तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु’ डा. वाग्लेले फेसबुकमा निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिँदै भनेका छन्, ‘यी मतहरू तपाईँहरूले मलाईभन्दा पनि तनहुँ क्षेत्र नम्बर १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आसयका साथ मैले बुझेको छु ।’

Capture1682401008.JPG

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्