उपनिर्वाचन अपडेट

चितवन–२ : रवि लामिछानेले कटाए साढे १२ हजार मत

३ हजार ५ सय ७३ मतसहित एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै
सोमबार, वैशाख ११, २०८०

चितवन– चितवन क्षेत्र न.– २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका रवि लामिछानेले १२ हजार ५ सय भन्दा बढी मत पाएका छन् ।

उपनिर्वाचनको प्रारम्भिक परिणाम अनुसार अग्रता लिइरहेका लामिछानेले १२ हजार ५ सय ४० मत पाएका हुन् । उनलाई एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ३ हजार ५ सय ७३ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ३ हजार ५ सय ५५ मत पाएका छन् । यस्तैऽ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जीवलाल पुरीले ३३ मत पाएका छन् ।

अपडेट गरिएकाे  : १० बजेर ४५ मिनेट

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:४५
प्रतिक्रिया दिनुहोस्