पाल्पामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १८ जना घाइते

आइतबार, वैशाख १०, २०८०

पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घाइतेहरूको अवस्था गम्भीर छ ।

बस भीरमा अड्किएको छ । बसमा यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्