सहिद स्मारक ‘ए’ डिभिजन : आत्मघाती गोलले थ्री स्टार विजयी

बिहीबार, वैशाख ७, २०८०

काठमाडौं –राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । 

बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा आत्मघाती गोल मद्दतमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

थ्री स्टारको जितमा लाकेन लिम्बुले खेलको १४ औं मिनेटमा निर्णायक गोल गरे । खेलको ४८ औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुकेका थिए । 

थ्री स्टारका पिटर सगुनले अबायोमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । तर, विश्वासले पोस्ट बाहिर प्रहार गरे । 

जितसंगै थ्री स्टारले १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । हिमालयन ९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्