Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँमा गोविन्द भट्टराईलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूको आग्रह

बुधबार, वैशाख ६, २०८०
samridhi jewllers

तनहुँ– प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनका तनहुँ–१ बाट उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचित गराउन आगैह गरेका छन् । प्रधानमन्त्रीले भट्टराई नर्वाचित भए उनलाई मन्त्री बनाउने उद्घोष पनि गरेका छन् । उनले आफूले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुगेको बताए ।

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका भट्टराईका लागि भोट माग्दै प्रधानमन्त्री दाहालले बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभामा भने, ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र संमृद्धितर्फ लैजाने हामीले नै हो । त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ ।’

चुनावीसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिले नै भट्टराईलाई मन्त्री बनाउने घोषणा गरेका थिए । देउवापछि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवाले भनेको वचन पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्