९९ कोरोना संक्रमित थपिए

आइतबार, वैशाख ३, २०८०

काठमाडौं–पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ९९ संक्रमित थपिएका छन् । एक हजार ६०४ वटा स्वाब नमुनाको परीक्षण गर्दा ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७७ छ । अहिले ३७ कोरोना संक्रमित अस्पतालमा उपचाररत छन् । तीमध्ये ११ जना आईसीयू र चार भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्