भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

शनिबार, वैशाख २, २०८०

मुम्बई –महाराष्ट्र राज्यको रायगढमा शनिबार भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

४० जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको बस शनिबार खाल्डोमा खसेको स्थानीय प्रहरीले सिन्ह्वालाई फोनबाट बताएका हुन् । प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्