सहिद स्मारक ‘ए’ डिभिजन : थ्री स्टारद्वारा पुलिस पराजित

बिहीबार, चैत ३०, २०७९

काठमाडौं –राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । 

बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो । 

थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६५ औं मिनेटमा अशोक खवासको पासमा गोल गरे । जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । पुलिसको यो छैटौं हार हो । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ ।


 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्