नेभिगेशन
विश्व

फिलिपिन्समा आगलागी : ७ जनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

मनिला– फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा दुई वर्षीया बालिका र १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ । 

राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे सहरमा तीव्र गतिमा फैलिएको आगोले छरछिमेकमा ४० भन्दाबढी घरहरू आगोको चपेटामा परेका थिए  ।

अग्निपीडितहरू घरमा फसेका थिए र भने केही शवहरू भान्साको भुइँमा र बाथरूम भित्र फेला परेको प्रहरीले जनाएको छ । उक्त  आगलागीका कारण ६० भन्दाबढी परिवार घरबारविहीन भएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको दमकल विभागले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व