Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्समा १० प्रतिशत छुट

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले आफना ग्राहकलाई काठमाडौंस्थित पशुपति प्लाजामा रहेको केसर स्वीट्स एण्ड फुड्समा खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने समझदारी भएको छ । यससम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केसर स्वीट्स एण्ड फुड्सको तर्फबाट सह–संस्थापक प्रिया तयालले हस्ताक्षर गरे ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहकहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै सम्पन्न यस समझदारीअनुसार यस बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहक एवं बैंकका कर्मचारीहरूले केसर स्वीट्स एण्ड फुड्समा विभिन्न मिठाइ खरिद गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्