Nic Ad Nic Ad
Nic Ad Nic Ad

सेनाका खगेन्द्र भाटले लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनको उपाधी चुमे

बिहीबार, चैत २३, २०७९

काठमाडौं  - लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भएका छन् । उनले २ घण्टा ४० मिनेट ५७ सेकेण्डमा दूरी पार गरेका थिए ।
खेलकुद दिवसको अवसरमा  प्रदेश खेलकूद परिषद् लुम्बिनी तथा नेपाल ओलम्पिक कमिटीको संयुक्त आयोजनामा बिहिवार  लुम्बिनी अन्तर्राष्ट्रिय पीस म्याराथन आयोजना गरिएको थियो ।

म्याराथनमा २ घण्टा ४२ मिनेट ०१ सेकेण्ड लिदै नेपाल प्रहरीका करण खड्का दोश्रो तथा २ घण्टा ४४ मिनेट २५ सेकेण्ड समय लिँदै श्रीलंकाली धावक अमिला सानाथ तेश्रो भएका छन् ।

 म्याराथनमा प्रथमले १ लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार नगद राशी प्राप्त गरेका छन् ।  

खेलकूदको माध्यमबाट लुम्बिनीको प्रवर्द्धनमा टेवा पुग्ने लक्ष्यसहित २ सय ७ राष्ट्रका खेलाडी तथा प्रतिनिधीलाई आमन्त्रण गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए 
प्रतियोगितामा ३३ पुरुष धावक सहभागी भएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:३५
प्रतिक्रिया दिनुहोस्