पुटिनमाथि नेटो प्रमुखको टिप्पणी– आक्रामकता र धम्कीले मात्र काम गर्दैन

मंगलबार, चैत २१, २०७९

ब्रसेल्स– नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको विस्तार रोक्न असफल भएको बताएका छन् ।

फिनल्यान्डले मङ्गलबार सैन्य गठबन्धनमा सामेल भएपछि आज नेटो प्रमुख स्टोल्टेनबर्गले रूसी राष्ट्रपति पुटिन नेटोको विस्तार रोक्न असफल भएको बताएका हुन् ।

‘राष्ट्रपति पुटिन नेटो विस्तारको ढोका बन्द गर्न चाहन्थे। आज हामी विश्वलाई देखाउँछौं कि उनी यस कार्यमा असफल भएका छन् । आक्रामकता र धम्कीले मात्र काम गर्दैन,’ स्टोल्टेनबर्गले थप टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्