मन्त्रीपरिषद् बैठक

मन्त्रिपरिषद्को निर्णय : मिटरव्याजी समस्या छानविन गर्न समिति गठन

बैठकले गृहमन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको छ
सोमबार, चैत २०, २०७९

काठमाडौँ– सरकारले मिटरव्याजी समस्याका बिषयमा छानविनका लागि समिति गठन गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरव्याजी समस्याका बिषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

पूर्वन्यायधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन् ।

समितिलाई तीन महिनाको अवधि दिईएको र ठोस र मूर्त रुपमा मिटरव्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरि प्रतिवेदन पेश गर्न भनिएको प्रवक्ता शर्माले बताइन् । समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले बताइन् ।

त्यस्तै, बैठकले गृहमन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।  सरकारको निर्णय

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्