इटालीले ‘च्याट जिपिटी’माथि प्रतिबन्ध लगायो

शनिबार, चैत १८, २०७९

रोम- इटालीले एआई च्याटबट ‘च्याट जिपिटी’माथि प्रतिबन्ध लगाएको छ । यससँगै इटाली उक्त एपलाई प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देशसमेत बनेको छ ।

इटालीको तथ्यांक संरक्षण प्राधिकरणले यो मोडलको तथ्यांकसँग चिन्ता जताउँदै प्रतिबन्ध लगाएको हो। च्याट जिपिटी अमेरिकाको ओपन एआई स्टार्ट अफ कम्पनीले बनाएको हो । यसलाई माइक्रोसफ्टले लञ्च लगानी गरेको छ ।

नियामक निकायले जाँचबुझका लागि तत्काल प्रतिबन्ध लगाएको जनाएको छ । च्याट जिपिटी आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा मानिसलाई विभिन्न प्रकारका प्रश्नको उत्तर दिने गर्दछ । यसले मानिसको जस्तै लेख्नेशैलीलाई नक्कल गर्दछ ।

माइक्रोसफ्टले यसका लागि अर्बौं डलर खर्च गरेको छ । पछिल्लो महिना माइक्रोसफ्टले आफ्नो सर्च इन्जिनमा जोडेको थियो । 

 
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्