Nic Ad Nic Ad
Nic Ad Nic Ad

गण्डकीमा ४३ हजार १६४ विद्यार्थी एसइईमा सहभागी

शुक्रबार, चैत १७, २०७९

गण्डकी– माध्यमिक शिक्षा परीक्षा  (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४  विद्यार्थी सहभागी भएका छन्  ।

आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६  विद्यार्थी रहेको प्रदेश शिक्षा निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिका आचार्यले जानकारी दिए । उनका अनुसार परीक्षामा प्राविधिकतर्फ एक हजार तीन सय ७६ विद्यार्थीले परीक्षा दिँदैछन् भने ग्रेड वृद्धिको परीक्षा दुई सय ७२ जनाले दिँदैछन् ।

कास्की जिल्लामा यस वर्षको एसइईमा १० हजार चार सय ४२ जना विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार जिल्लामा साधारणतर्फ १० हजार एक सय ४३ र प्राविधिकतर्फ दुई सय नौजना विद्यार्थी परीक्षामा सहभागी बन्दैछन् भने ग्रेड वृद्धि परीक्षा दिने ८६ छन् । 

एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सौहार्दपूर्ण रूपमा सञ्चालन भएको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १३:१८
प्रतिक्रिया दिनुहोस्