नागरिकको सेवा गर्न मन्त्री र मन्त्रालय चाहिन्छ : सभापति लामिछाने

बिहीबार, चैत १६, २०७९

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको सेवाका लागि मन्त्री र मन्त्रालय चाहिने बताएका छन् ।

चितवनको रामनगरमा आज आयोजित कार्यक्रममा उनले अझैपनि कयौ नागरिकहरु न्यायका लागि कुरिरहेको भन्दै त्यसका लागि सरकारमा गएर काम गर्नुपर्ने बताए ।

उनले रास्वपाका सांसदहरुले संसदमा सक्रिय भूमिका निर्वाह गरेको बताए । छोटो समयमा पनि आफ्नो पार्टीले विभिन्न मन्त्रालय सम्हालेर जनताको पक्षमा काम गरेको उनको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  २०:०३
प्रतिक्रिया दिनुहोस्