प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३.५० लाभांश दिने प्रस्ताव

बिहीबार, चैत १६, २०७९

काठमाडौँ– निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज पर्सास्थित दियालो लर्डस प्लाजामा एक्काईसौं वार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको हो ।

२१ औँ वार्षिक साधारण सभा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको एक्काईसौं वार्षिक साधारण सभाबाट ३.३२५५ प्रतिशत बोनस शेयर र ०.१७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । 

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैयाँ चुक्ता पूँजीबाट बोनश शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्