Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय हितलाई केन्द्रमा राख्न अवैतनिक दूतहरूलाई राष्ट्रपतिको आग्रह

बुधबार, चैत १५, २०७९

काठमाडौं –राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न महावाणिज्य तथा अवैतनिक महावाणिज्य दूतहरुलाई सझुाव दिएका छन् । 

राष्ट्रपतिलाई बधाई दिन राष्ट्रपति निवास पुगेका उनीहरुलाई पौडेलले आपसी सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितमा काम गर्न सुझाव दिएका हुन् ।

वाणिज्यदूतहरुका तर्फबाट माल्टाका लागि नेपाली महावाणिज्यदूत दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत आफूहरुले काम गर्दै आएको बताएका थिए ।

राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

वाणिज्यदूतहरुका तर्फबाट दिनेश श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पर्यटन प्रवद्र्धनमा समेत प्रभावकारी काम गर्दै आएको बताए । 

त्यसक्रममा दूतहरूले राष्ट्रपति पदमा निर्वाचित भएकोमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिए ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्