धनगढी उपमहानगरका निजी विद्यालयले शुल्क बढाउन नपाउने

बुधबार, चैत १५, २०७९

कैलाली –धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले शुल्क बढाउन नपाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रमा निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने निर्णय गरेको छ । 

सामुदायिक विद्यालयले विद्यार्थी शुल्क लिनै नपाउने व्यवस्था छ । धनगढी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन पाउने छैनन् । 

अभिभावकको आर्थिक अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको उपमहानगरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार