विराटनगरमा तनाव : प्रदर्शनकारीले ढुंगा हाने, प्रहरीले अश्रुग्यास 

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– कोसी नामकरणको विरोध गरिहेका प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

प्रदर्शनकारीले प्रहरीलाई ढुंगा हानेका थिए भने त्यसको जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

तत्कालीन प्रदेश १ को प्रदेशसभाले प्रदेशको नाम कोसी राखेको विरोधमा पहिचान पक्षधरहरूले निरन्तर आन्दोलन गरिरहेका छन् ।

चैत ५ मा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

उनीहरूले कोसी नाम खारेजीको माग गर्दै किरात वा किरात लिम्बुवान प्रदेशको माग गरिरहेका छन् । 
 


 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:२०
प्रतिक्रिया दिनुहोस्