‘हाम्रो पे’का प्रयोगकर्ता १ लाख नाघे

मंगलबार, चैत १४, २०७९

काठमाडौं –हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट ‘हाम्रो पे’ सुरु भएको १ महिनामै १ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएका छन् । हाम्रो पात्रोका प्रयोगकर्ताले छुट्टै एप डाउनलोड गर्नु नपर्ने र सहजै खाता खोल्न सकिने भएकाले प्रयोगकर्ताको आकर्षण उल्लेख्य देखिएको हो । 

हाम्रो पे विशेषगरी मोबाइल टपअप, बिजुली, खानेपानी, इन्टरनेट, टीभीलगायतको बिल तिर्न बढी प्रयोग हुन थालेको छ ।

यस बाहेक नेपाल पे क्यूआर राखिएका मर्चेन्ट, विभिन्न सुपर स्टोर तथा ग्रोसरी स्टोरलगायतका स्थानमा समेत हाम्रो पात्रोबाटै भुक्तानी गर्न सकिन्छ । 

प्रयोगकर्ताले एपमा रहेको ‘स्प्लिट एण्ड पे’ फिचर निकै रुचाएको कम्पनीले  जनाएको छ । यो फिचर साथीहरूबीच मिलेर बिल तिर्नका लागि पनि उपयोगी  भएको हाम्रो पात्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै प्रयोगकर्ताको सहजताका लागि ‘लाइभ च्याट सपोर्ट’ समेत उपलब्ध छ । हाम्रो पेलाई आगामी दिनमा हाम्रो पात्रोमा उपलब्ध हुने मिनी एपमार्फत गरिने खरिदको भुक्तानीमा समेत प्रयोग गर्न सकिने हाम्रो पात्रोले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार