लेखिका शाहीको पुस्तक ‘समय सकस’ लोकार्पण

शनिबार, चैत ११, २०७९

कर्णाली– हुम्ला खार्पुनाथ गाउँपालिका निवासी लेखिका वसन्ती शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण गरिएको छ । 

उक्त पुस्तक नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आज लोकार्पण गरे ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले पुस्तक लोकार्पण गर्दै विश्व महामारीका रूपमा फैलिएको कोरानाकालमा मानव जातिले भोग्नुपरेको स्वास्थ्य र आर्थिक सङ्कटको यथार्थता समेटेर लेखिएको पुस्तकले प्रतिकूलित समयलाई अनुकूल बनाउन गरिएको सङ्घर्षबारे प्रष्ट्याएको बताए । 

कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्यसमेत रहेकी लेखिका शाहीले पुस्तकमा कोरोनाका कारण विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा पारेको प्रतिकूल प्रभाव, त्यसबाट सिर्जित असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा पारेको असर र भएको मानवीय क्षतिबारे उल्लेख गरिन् ।

सो पुस्तकमाथि बालरोग विशेषज्ञ डा नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार महेन्द्रबहादुर मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले टिप्पणी गर्दै तीन करोड नेपालीको स्वास्थ्यमाथि समकालीन राजनीतिले पारेको प्रभावबारे सरल शैलीमा लेखिएको जनाए ।

पुस्तक चार सय दुई पृष्ठको रहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्