पूर्वी सिरियामा इरान समर्थक लडाकुमाथि आक्रमण

शनिबार, चैत ११, २०७९

काठमाडौं –अमेरिकाले पूर्वी सिरियामा रहेका इरान समर्थक लडाकुमाथि आक्रमण गरेको छ । आक्रमणमा कैयौँ लडाकु मारिएको अधिकारीले बताएका छन् । 

इरान समर्थिक लडाकुले अमेरिकाले गरेको रकेट र मिसाइल आक्रमणको आफूहरुले जवाफ फर्काएको दाबी गरेको छ । सार्वजनिक भएको अनलाइन विज्ञप्तिमा अमेरिकाको हवाइ अक्रमणमा कैयौँ लडाकु मारिएको र उनीहरुको राष्ट्रियता पहिचान नभइसकेको उल्लेख छ । 

अधिकारीहरुका अनुसार सिरियाका विभिन्न ठाउँमा भीषण लडाइँ भएको थियो । इरान समर्थक लडाकूहरुले आफूहरू अमेरिकी आक्रमणको जवाफ फर्काउन तयार रहेको बताइरहँदा विभिन्न स्थानमा एकसाथ आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्