Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारी मारिए

शनिबार, चैत ११, २०७९

अबुजा– नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक प्रवक्ताले बिहीबार बताएका छन् ।

‘देशको उत्तरपूर्वी भागमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसमूहका कम्तीमा १८ सदस्य मारिएका छन् भने ५० भन्दा बढी लडाकू पक्राउ परेका छन्,’ प्रवक्ता मुसा दानमदामीले भने । 

उत्तर–मध्य क्षेत्रमा आठ जना डाकु मारिएको र अपहरणमा परेका पाँच जनालाई सेनाले मुक्त गरेको र करिब २८ जना डाँकुलाई पक्राउ गरिएको दानमादामीले पुष्टि गरे । 

देशको उत्तरपश्चिमी भागमा सरकारी सेनाले अपराधीहरूको घेरा सफा गर्ने क्रममा कम्तीमा १४ जना डाँकुहरूको हत्या गरेको र १६ जना अपहृत नागरिकहरूको उद्धार गरेको उनले बताए । 

सेनाको अभियानलाई ‘प्रशंसनीय र सफल’ भन्दै दानमादामीले १५४ वयस्क पुरुष, ५१४ वयस्क महिला र ८३८ बालबालिका गरी कुल एक हजार ५०६ आतङ्ककारी र उनीहरूका परिवारका सदस्यहरूले विभिन्न स्थानमा सरकारी सेनासमक्ष आत्मसमर्पण गरेको बताए । 

नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा सशस्त्र आक्रमणहरू मुख्य सुरक्षा खतराको रूपमा रहेका छन्, जसका कारण हालैका महिनाहरूमा मृत्यु र अपहरणका घटनाहरू बढेका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्