दक्षिण एसियाः संकटमा पाकिस्तानी लोकतन्त्र

बुधबार, चैत ८, २०७९

पाकिस्तान भारतभन्दा एक दिन पहिले स्वतन्त्रता दिवस मनाउँछ । भारतभन्दा एक दिन पहिले १४ अगस्त १९४७ मा अंग्रेज शासनबाट पाकिस्तान स्वतन्त्र घोषणा भएको हो । 

स्वतन्त्रतापछिको देशको इतिहासको कुरा गर्दा पाकिस्तान भारतभन्दा एक दिन जेठो छ । तर, पाकिस्तानमा भारत जस्तो लोकतान्त्रिक व्यवस्था सबल भने हुन सकेको छैन । 

अंग्रेजी शासनबाट स्वतन्त्र भइसकेको भनिएको पाकिस्तानमा तत्कालिन भारतीय स्वतन्त्रता संग्रामका एक महत्वपूर्ण नेता महोम्मद अली जिन्ना गभर्नर जनरल बने । जिन्ना, जसलाई पाकिस्तानमा कायदे आजम, बाबा इ कौम (फादर अफ नेसन) पनि भनिन्छ, पाकिस्तानको गभर्ननर जनरलको रूपमा मात्र १३ महिना रहे । त्यसबेला पाकिस्तानको प्रधानमन्त्री थिए लियाकत अलि खान ।

रमाइलो कुरा त के भने पाकिस्तान स्वतन्त्र भएको भनिए पनि पाकिस्तानमा लामो समय त्यहाँको राष्ट्रप्रमुखको रुपमा बेलायताका राजा नै रहे । अहिले पनि क्यानाडा, अष्टे«लिया, न्युजिल्याण्ड, जमैका लगायत विश्वका करिब १५ देशका राष्ट्रप्रमुख बेलायतका राजा नै छन् । पाकिस्तानमा सन् १९५६ को २३ मार्चमा पाकिस्तान इश्लामिक गणतन्त्र नबन्दासम्म पहिले महाराजा जर्ज छैठौं र त्यसपछि महारानी एलिजावेथ त्यहाँको राष्ट्रप्रमुखको रुपमा रहे । गणतन्त्र पाकिस्तानले पहिलो राष्ट्रपतिको रुपमा २३ मार्च १९५६ मा इस्कन्दर मिर्जालाई पाएको हो । 

इश्कन्दर मिर्जा राष्ट्रपति भएको साँढे दुई वर्षमानै सन् १९५८ मा पाकिस्तानमा पहिलो सैनिक सत्तापलट भयो । सत्ता हातमा लिएका सेनाका जनरल अयुब खान पाकिस्तानको दोस्रो राष्ट्रपति बने ।

सेनाको सत्ता मोह

स्वतन्त्र अधिराज्यको रुपमा स्थापना भएको आधा दशक नपुग्दै पाकिस्तानको सत्तामा सेनाको चाँसो देखिन सुरु भैसकेको थियो । सन् १९५३ मा नै पहिलो पटक पाकिस्तानमा ‘कू’ भयो । त्यसबेला बेलायती महारानीको प्रतिनिधिका रुपमा रहेका गभर्नर जनरल गुलाम मोहम्मदले तत्कालिन सेना प्रमुख अयुब खानको समर्थनमा त्यसबेलाको संविधान सभाको समर्थन रहेका प्रधानमन्त्री ख्वाजा निजामुद्दिनलाई वर्खास्त गरे । पाकिस्तानको इतिहासमा त्यसलाई सन् १९५३ को संवैधानिक कू भनिन्छ ।

त्यसयता पाकिस्तानमा पटक पटक सैनिक कूमार्फत सेनाले सत्ता आप्mनो हातमा लिएको छ  । सन् १९५८ मा पहिलो पटक अयुब खानले सफल सैनिक सत्तापलट गरेयता पाकिस्तानमा पटक पटक सफल सैनिक सत्तापलट भएको छ । सन् १९५८ देखि १९७१, १९७७ देखि १९८८ र १९९९ देखि २००८ सम्म पाकिस्तानको सत्ता सेनाको नियन्त्रणमा रहेको देखिन्छ ।

त्यस बाहेक, पाकिस्तानमा पटक पटक असफल सैनिक कु पनि भएका छन् । पहिलो पटक सन् १९५१ मा नै पाकिस्तानमा सैनिक कूको प्रयास भएको देखिन्छ । रावलपिण्डी कन्पेरेसी नामले प्रशिद्ध असफल कूको नेतृत्व सैनिक जनरल अकबर खानले पाकिस्तानी कम्युनिष्ट पार्टीको समर्थनमा गरेका थिए ।

पाकिस्तानमा लोकतन्त्र

पाकिस्तानको पहिलो लोकतान्त्रिक सरकार सन् १९७१ को जुल्फिकार अलि भुट्टोको सरकालाई मान्न सकिन्छ । याया खान पाकिस्तानको राष्ट्रपति रहँदा १९७१ मा पाकिस्तानबाट टुक्रिएर नयाँ मुलुक बंगलादेश बनेपछि याया खान सत्ता छोड्न बाध्य भए । र, तत्कालिन समयमा निकै लोकप्रिय रहेको पिपुल्स पार्टीका नेता जुल्फिकार अलि भुट्टोलाई सत्ता हस्तान्तरण गरे । तिनै भुट्टो सन् १९७३ मा पाकिस्तानको नयाँ संविधान बनेपछि पहिलो निर्वाचित प्रधानमन्त्री बने । तर, सन् १९७७ मा नै जनरल ज्याउल हकले सत्तापलट गरेपछि भुट्टोको लोकतान्त्रिक सरकार भङ्ग भयो ।

सैनिक शासक ज्याउल हकको निधनपछि सन् १९८८ मा भएको निर्वाचनमार्फत पाकिस्तानमा दोस्रो पटक लोकतान्त्रिक सरकार गठन भयो । र, पाकिस्तानको प्रधानमन्त्री बनिन् तिनै जुल्फिकार अली भुट्टोकी छोरी बेहनजीर भुट्टो । दुई वर्ष नपुग्दै बेहनजीरको सरकार संसदमा प्रस्तुत भएको अविश्वासको प्रस्तावमा पराजित भयो । त्यसपछि सन् १९९० मा नै भएको मध्यावधी निर्वाचनमा विपक्षी नेता नवाज सरीफको सरकार बन्यो । महत्वपूर्ण के रह्यो भने पाकिस्तानमा पहिलो पटक लोकतान्त्रिक विधिबाटै नयाँ प्रधानमन्त्री बने । 

त्यसयता जनरल परवेज मुसर्रफको नेतृत्वमा भएको सैनिक कु सम्म बेहनजीर भुट्टो र नवाज सरीफ दुई–दुई पटक पाकिस्तानको प्रधानमन्त्री बने ।

लोकतान्त्रिक कालमा त्यहाँका प्रमुख दुई पार्टी पाकिस्तान पिपुल्स पार्टी र मुस्लिम लिगको नै हाली मुहाली भएको देखिन्छ ।

इमरान यानी समृद्धि

सन् १९९२ मा क्रिकेट विश्वकप जितेपछि इमरान खान पाकिस्तानमा निकैै लोकप्रिय भए । बेलायतको अक्सफर्ड युनिभर्सिटीबाट फिलोसफी, राजनीति र अर्थशास्त्रमा स्नातक गरेका इमरानको राजनीतिक महत्वाकांक्षा सुरुदेखि नै देखिन्थ्यो । इमरानले पाकिस्तानमा आम जनताको सहभागितामा क्यान्सर अस्पताल स्थापना गर्नमा सफलता हासिल गरिसकेका थिए । क्रिकेटबाट निकै लोकप्रियता कमाएका इमरान खानलाई राजनीतिमा आउन परवेज मुसर्रफदेखि विभिन्न दलका नेताहरुले आग्रह गरेको इमरान स्वयंले बताएका छन् ।

तर, आप्mनो लोकप्रियतामा विश्वास भएका इमरान खानले सन् १९९६ मा पाकिस्तान तहरिके इन्साफ नामको पार्टी खोलेर निर्वाचनमा भाग लिए । उनी आफै ८ स्थानबाट चुनावी प्रतिस्पर्धामा थिए । तर, आठै स्थानमा उनी पराजित भए ।

तिनै इमरान खानको पार्टी सन् २००८ को निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा स्थापना भयो । पहिलो पटक निर्वाचनमा ८ ठाउँबाट पराजित भएका इमारानले यसपटक पनि ५ स्थानमा प्रतिस्पर्धा गरेका थिए । ती पाँचै स्थानमा इमारन विजयी पनि भए । इमरान प्रधानमन्त्री बने ।

इमरानको अर्थ उर्दु भाषामा समृद्धि हो । नाममा नै समृद्धि भएका इमरानले समृद्धि ल्याउने आशा आम जनताले गरेका थिए । तर, झण्डै ४ वर्षको इमरानको शासनकालमा पाकिस्तानको खासै आर्थिक विकास हुन सकेन । 

आर्थिक विकास हुन नसक्नुलाई राजनीतिक अस्थिरता र राजनीतिक प्रतिशोध अनि बेला बेलामा राजनीतिमा सैन्य हस्क्षेपलाई पनि दोष दिने गरियो । तालेवानप्रति उदार भएका इमरानलाई अमेरिकी सहयोग पनि अपेक्षित उपलब्ध हुन सकेन । इमरान चीनतर्फ नजिकिए । चीनले प्रसस्त आर्थिक सहयोग बढायो । पाकिस्तान चिनीयाँ आर्थिक सहयोगको जंजालमा फस्न लागेको भन्दै आलोचना पनि हुन थाल्यो । 

इमरान आप्mनै देशमा पनि आन्तरिक आतंकवाद विरुद्ध कडा रुपमा प्रस्तुत हुन खोजेका थिए । तर, सेना, अमेरिका र तालेवानको पनि असहयोग हुन थालेको अपेक्षाबीच संसदबाट नै इमरान खान अपदस्त भए । र, फेरि पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सहवाज सरिफको नेतृत्वमा पाकिस्तानमा मुस्लिमी लिगको सरकार बन्यो । अर्थतन्त्र सम्हान नसेको नाममा इमारान लोकतान्त्रिक विधिबाट सत्ताबाट फालिए ।

डामाडोल अर्थतन्त्र

पछिल्लो क्रममा पाकिस्तान श्रीलंकापछि अर्थन्तन्त्र धारासायी भइसकेको मुलुको रुपमा हेरिँदै छ । पाकिस्तानमा अत्याधिक बढेको महंगीले गर्दा आम जनतालाई दैनिकी धान्न धौ धौ परेको छ । डलरको तुलनामा पाकिस्तानी रुपैयाँ निकै खस्किएको छ भने विदेशी मुद्राको संचिति पनि लगभग रित्तो हुने स्थितिमा पुगेको बताइँदै छ ।

पारासिटामोल जस्तो अत्यावश्यक औषधीको समेत पाकिस्तानमा कमि भएको समाचार आउन थालेका छन् । मुद्रास्फीतिदर सन् १९७४ यताकै सबैभन्दा बढी पुगेको छ । अहिले मुद्रास्फीतिदर ३१ दशमलब ५ प्रतिशत पुगेको छ । दुधको मुल्य प्रतिलिटर २ सय ३५ रुपैयाँ पुगेको छ । कुखुराको मासु प्रतिकेजी ८ सयसम्म पुगेको छ । पेट्रोल र डिजलको मुल्य ३ सय रुपैंयाँ प्रतिलिटर छुने स्थितिमा पुगेको छ । डलरको तुलनामा पकिस्तानी रुपैयाँको विनिमयदर प्रतिडलर २८२ रुपैयाँ पुगिसकेको छ । १० लाख पाकिस्तानीले कुनै पनि सयम रोजगारी गुमाउन सक्ने अवस्था छ । बेरोजगारी दर ८ दशमलब ५ प्रतिशत पुगेको छ । यस वर्षको आर्थिक वृद्धिदर ४ दशमलब ३ प्रतिशत अनुमान गरिएको छ । १७ दशमलब ८७ ट्रिलियन पाकिस्तानी रुपैयाँको ऋणको भारमा अहिले पाकिस्तान छ । पाकिस्तानले अहिले २२ बिलियन डलर ऋण बुझाउनु पर्ने छ भने विदेशी मुद्राको सञ्चिति ३ दशमल २ बिलियन डलर मात्र छ । 

शर्तमा बेलआउट

गत वर्षको नोभेम्बर महिनादेखि नै पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १ दशमलब १ विलियन डलर सहयोगको अपेक्षा राखेको छ । बेलआउट प्याकेजका लागि मुद्रा कोषले पाकिस्तान समक्ष विभिन्न शर्तहरु राखेको छ । जसमध्ये सबैभन्दा महत्वपूर्ण छ, भ्रष्टाचार विरुद्धको संरचना स्थापना । सँगै विजुलीको महशुलमा वृद्धि, पेट्रोलियमको मुल्यमा थप करको शर्त पनि छ, ताकि पाकिस्तालने ऋण तिर्न सकोस् । कोषको शर्तको असर आम जनतामा पर्ने निश्चित छ । तर, पनि पाकिस्तानसँग अहिले मुद्रा कोषको शर्त मान्नु बाहेक अर्को विकल्प देखिँदैन । 

पछिल्लो समय पाकिस्तानले मुद्रा कोषको शर्तहरु लागू गर्न थालेको छ । पछिल्लो रिपोर्ट अनुसार मुद्राकोष पाकिस्तानले उठाएको कदमप्रति सन्तुष्ट पनि देखिएको छ ।

राजनीतिक अस्थिरता

पाकिस्तानको संकटको मुख्य कारण राजनीतिक अस्थिरतालाई नै मानिएको छ । राजनीतिक दलहरु सरकार निर्माणको मुसा बिरालो खेलमा लागेको र देशको आर्थिक उन्नति प्राथमितामा नपरेको परिणाम हो यो । अहिले पनि वर्तमान सरकार पूर्वप्रधानमन्त्री इमरान खानको पछि लागेको छ । इमरान खानलाई पक्राउ गर्न पटक पटक प्रयास भएका छन् । इमरान खानका समर्थकहरुले उनको गिरप्mतारी रोक्न प्रदर्श गरिरहेका छन् ।

मंगलबार इमरानलाई पक्राउ गर्न गरेको सरकारी प्रयास पाकिस्तानको लाहौर उच्च अदालतले रोकेको छ । कारण दिएको छ– पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको लाहौरमा हुन लागेको फाइनल खेल । गिरप्mतारीले फाइनल खेलका क्रममा हिंसात्मक दंगा हुन सक्ने भन्दै इमरानको गिरप्mतारीमा अदालतले रोक लगाएको हो ।

सरकार भने पछिल्लो समय झन् लोकप्रिय देखिएका इमरान खानको राजनीति क्यारियर समाप्त पार्न लागेको देखिन्छ । इमारनले पटक पटक आप्mनो हत्याको प्रयास भएको दावी गरीरहेका छन् । मंगलबार पनि अदालत परिसर अगाडी दुई समुहको भिडन्तको बीचमा परेर मृत्यु भएको देखाउँदै आप्mनो हत्याको प्रयार गरिएको आरोप इमरानले लगाएका छन् ।

त्यसअघि इमरानको हत्या प्रयास भएको थियो, जसमा उनी घाइते भएका थिए ।

संकटमा लोकतन्त्र

सैनिक शासनको इतिहास रहेको पाकिस्तानमा अहिलेको अवस्थामा लोकतन्त्र नै संकटमा रहेको आँकलन पनि गरिएको छ । इमरान खान स्वयंले लोकतन्त्र संकटमा रहेको भन्दै सेनाले हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् । तर, पछिल्लो समय लोकतान्त्रिक अभ्यामा रहेको पाकिस्तानमा सेनलाई प्रत्यक्ष शासनको लालचा अहिले नभएको आँकलन पनि गरिएको छ । सत्तामा सेनाको प्रभाव भने कुनै पनि लोकतान्त्रिक सरकारका समय पनि कम भएको भने देखिँदैन ।

पछिल्लो समय आन्तरिक आतंकवादले समेत जेलिएको अवस्थामा पाकिस्तान यी तमाम समस्याबाट कसरी बाहिरिएला, विश्वको चाँसो छ । नेपालले पनि पाकिस्तानको अवस्थाबाट प्रसस्तै सिक्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्