ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुधबार, चैत ८, २०७९

दैलेख –दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक बुधबार गुराँस गाउँपालिका –४ तालपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

ट्रकमा सवार चालक, सहचालक गरी ३ जनाको मृत्यु भएको लम्सालले जनाएका छन् ।

मृतकको पहिचान खुल्न सकेको छैन । मनकामना ग्यास बोकेको ट्रक सडकबाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीको भनाइछ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार