नेभिगेशन
विश्व

श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्दै आइएमएफ

कोलम्बो– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आफ्ना लागि लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलङ्काले जनाएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले आइएमएफले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको बताउँदै देशको ‘डलर सङ्कट’ अन्त्य भएको बताएका हुन् । 

श्रीलङ्कासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने बताउँदै उनले आइएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए । 

‘आइएमएफको प्याकेजमा श्रीलङ्का सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,’ उनले भने । 

सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट