थापाथली क्याम्पस सभापतिमा नेविसंघका शाही विजयी

आइतबार, चैत ५, २०७९
आइतबार, चैत ५, २०७९

काठमाडौँ– थापाथली इन्जिनियरिङ क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का पुष्करविक्रम शाही विजयी भएका छन् ।

आज भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फबाट सभापतिका उम्मेदवार पुष्कर शाही विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत ल्याए भने अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत ल्याएका छन् ।

त्यस्तै, सचिवमा नेकपा एमाले निकट अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

अन्य विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:२८
प्रतिक्रिया दिनुहोस्