नेभिगेशन
सुरक्षा–अपराध

तिलगङ्गामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ न्म्बरको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ । 

गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौँको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो । 

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

मिस ‘हनिट्रयाप’का नाममा...