अफगानिस्तानमा मोर्टार खानी विस्फोट : २ बालबालिकाको मृत्यु, २ घाइते

शनिबार, चैत ४, २०७९
शनिबार, चैत ४, २०७९

पुल–ए–आलम– अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुईजना घाइते भएका छन् ।

राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जनाएअनुसार गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा चार बालबालिका घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरूमध्ये एक मानिन्छ । विगत चार दशक लामो द्वन्द्व र गृहयुद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरू बेलाबेलामा विस्फोट हुँदा यहाँ थुप्रै मानिसहरू मारिने र अपाङ्गता हुने गरेको पाइन्छ ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम सहरको अल्तामोर क्षेत्रमा शुक्रबार साँझ बालबालिकाहरूले खेलौनाजस्तो यन्त्र भेट्याएको र त्यससँग खेल्दा अचानक विस्फोट भएको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्