वाईवाईद्वारा कीर्तिपुरको क्रिकेट रङ्गशाला सरसफाई

शनिबार, चैत ४, २०७९

काठमाडौं–आइसीसी लिग टू अन्तर्गत बिहिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न अन्तिम खेलमा नेपालले युएईलाई डकवर्थ लुइस मेथडबाट ९ रनले पराजित गरेर जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगिताका लागि स्थान पक्का गरेको छ ।

मैदान भित्र र बाहिर गरेर ३० औँ हजार दर्शकको उपस्थिति रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ ।

खेलका दौरान थुप्रिएको चाउचाउका खोल, पानीका बोत्तल लगायत अन्य फोहोरलाई वाईवाईले मैदान सफा गरेको हो । ‘बनौँ आदर्श नागरिक’ भन्ने नाराका साथ लामो समयदेखि सामाजिक क्रियाकलाप गर्दै आएको सिजी फुड्सले खेल मैदान र वरपर सरसफाई गरि आफ्नो सामाजिक दायित्व निर्वाह गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्