एनएमबि बैंकले घर कर्जा दिने

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –एनएमबि बैंकले १५ वर्षका लागि ११ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदरसहितको नयाँ घर कर्जा घोषणा गरेको छ ।

यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामासमेत मद्दत पु¥याउने बैंकले जनाएको छ ।

योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याजदर सुरक्षित गर्न मद्दत पु¥याउने विश्वास लिएको बैंकले जनाएको छ ।

यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याजदरहरूमा परिवर्तन भएतापनि उनहरुको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहने बैंकले उल्लेख गरेको छ ।

‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्व थाहा पाउँछौं’, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्