नेपाल टेलिकमको पोस्टपेडमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा’ प्याकेज

शुक्रबार, चैत ३, २०७९
शुक्रबार, चैत ३, २०७९

काठमाडौं –नेपाल टेलिकमले आफ्नो नयाँ अफरको रूपमा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएको छ । शुक्रबारदेखि लागू भएको यो अफर पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि टेलिकमले ल्याएको हो । 

टेलिकमका अनुसार ६३६ रुपैयाँमा उपलब्ध हुने यो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ । त्यस्तै, अन्य नेटवर्कमा भने १०० मिनेट कल उपलब्ध हुने छ ।

यस अफरमा अननेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत रहेको टेलिकमले जानकारी दिएको छ । साथै, प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने र सो ३०० एमबी डाटा सकिएमा ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने समेत जानकारी दिइएको छ । 

टेलिकमका अनुसार सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2# डायल गनुपर्ने हुन्छ । त्यस्तै, ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेजअन्तर्गत यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्