सेयर बजारमा सामान्य सुधार, १ अर्ब १३ करोडको कारोबार

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार र सोमबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार आइपुग्दा भने १.८५ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, आज ०.०९ प्रतिशतले बढेको सेयर बजार १९५३.०६ विन्दुमा कारोबार बन्द भएको छ 

मंगलबार सेयर बजारमा ३३ लाख १८ हजार १०८ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब १३ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा ७८ कम्पनीका ऋणपत्रको मूल्य घटेको छ भने १२६ कम्पनीका ऋणपत्रको मूल्य बढेको छ । १० वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजारमा युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड, सुभम पावर लिमिटेड र सुपरमादी हाइड्रोपावर लिमिटेडले भने नाफा कमाएका छन् । 

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने ५ प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, एनआइसी एसिया ब्यालेन्स फन्डको ५.६४ प्रतिशतले मूल्य घटेको हो ।

आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको १० करोड ४८ लाख २४ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ । त्यस्तै सबैभन्दा बढी कित्ता किनबेच पनि एनआइसी एसिया बैंकको नै भएको छ । बैंकको १ लाख ३६ हजार ७३३ कित्ता सेयर कारोबार  भएको छ ।  सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावर लिमिटेडको १८०० पटक  सेयर कारोबार भएको छ  ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्