पाकिस्तानमा २ आतंककारी मारिए,  २ जना पक्राउ

मंगलबार, फागुन ३०, २०७९

इस्लामावाद– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आतंकवाद विरोधी कारबाहीमा दुई आतंककारी मारिएका छन् भने दुई जना पक्राउ परेका छन् ।  

सिन्ध प्रान्तको सिडिडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान सहरको मङ्गोरि क्षेत्रको उत्तरी बाइपासनजिकै अपरेसन गरेको थियो।

दुवै मृतकको पहिचान भइसकेको छ ।  उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी)का स्थानीय कमाण्डर रहेको बुझिएको छ ।

यसैगरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बताइएको छ ।

जुन घटनामा तीन सुरक्षाकर्मी र एक नागरिकसहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०५:५७
प्रतिक्रिया दिनुहोस्