गठबन्धनले शनिबार उपराष्ट्रपतिबारे निर्णय गर्ने

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ –उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय  गठबन्धनको बैठक शनिबार बिहान बस्दैछ । बैठक शनिबार बिहान साढे ८ बजेका लागि बोलाइएको छ । 

सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठकले उपराष्ट्रपति पदको उम्मेदवारको टुंगो लगाउने छ ।

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाका अनुसार निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अलमलमा छ ।

उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न कांग्रेस उपभापति पूर्णबहादुर खड्का नेतृत्वको संयन्त्रको बैठक शुक्रबार बसेको थियो । तर शीर्ष नेताहरू सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरुको बैठक राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरुलाई धन्यवाद दिएर बैठक सकिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार