‘‘ए’ डिभिजन लिग फुटबल : थ्री स्टारद्वारा खुमलटार पराजित

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले एफसी खुमलटारलाई २–० गोल अन्तरले हराएको हो ।

थ्री स्टारको जितका लागि अजयी मार्टिन्सले २ गोल गरे । तर, दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५४औँ मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३औँ मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए ।

थ्री स्टारको यो पहिलो जित हो । जितसँगै थ्री स्टारले ३ खेलमा ४ अंक जोडेको छ । नवप्रवेशी क्लब खुमलटारको यो दोस्रो हार हो । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्