चर्चमा भएको गोलीकाण्डमा ७ जनाको मृत्यु

शुक्रबार, फागुन २६, २०७९

बर्लिन– जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

सो घटनामा अन्य कैयौँ घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो ।

स्थानीय समयअनुसार राति ९ बजे यहाँको सो चर्चमा अकस्मात गोली चलेको थियो ।

यहाँका स्थानीय सञ्चारमाध्यमले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा ६ जनाको ज्यान गएको जनाएका थिए । तर, घटनामा अर्का एक जनाको पनि मृत्यु भएको जनाइएको छ ।

गोली हान्ने व्यक्ति पहिचान नभएको र उसको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

उक्त चर्च रहेको क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्