चीनका प्रख्यात अर्थशास्त्री तथा शिक्षाविद् लीको निधन

बुधबार, फागुन २४, २०७९

बेइजिङ– प्रसिद्ध चिनियाँ अर्थशास्त्री तथा शिक्षाविद्, ली यिनिङको ९२ वर्षको उमेरमा फेब्रुअरी २७ मा बेइजिङमा निधन भएको छ ।

चिनियाँ प्रजातान्त्रिक समूह (चाइना डेमोक्र्याटिक लिग)का पूर्व वरिष्ठ नेता तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ सदस्य ली राष्ट्रिय जनकाङंग्रेसको स्थायी समितिका पूर्व सदस्य थिए ।

उनले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको स्थायी समितिका सदस्यको रूपमा पनि सेवा गरेका थिए । 

ली चाइना डेमोक्र्याटिक लिगका पूर्व उपाध्यक्ष, दर्शन शास्त्र र सामाजिक विज्ञानका वरिष्ठ प्राध्यापक तथा पेकिङ विश्वविद्यालयको गुआङ्हुआ स्कूल अफ म्यानेजमेन्टका मानार्थ डीन पनि हुन् । 

गम्भीर बिरामी भएपछि र उनको निधनपछि सीपीसी केन्द्रीय समितिका नेताहरूले विभिन्न तरिकाबाट सहानुभूति र समवेदना व्यक्त गरेका छन् । 

सन् १९३० को नोभेम्बरमा पूर्वी चीनको जियाङ्सु प्रान्तको नानजिङमा जन्मिएका ली चीनको समाजवादी बजार अर्थतन्त्रका सिद्धान्तका प्रवर्तक र चीनको आर्थिक सुधारको सशक्त अभियन्ता पनि हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्